Apr 27, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

“थोरै भएपनि बचत गरौ” भन्ने उद्देश्य लिई सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ गते गठन गरीएको एक समुह, जसमा आवद्ध ९ जना महिला र १६ जना पुरुषको अग्रसरतामा मिति : २०५७।०२।१२ गते सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो “बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.” । २५ जना सेयर सदस्यहरुबाट शुरुभएको सहकारी अभियान हाल कर्णाली प्रदेशको ४ जिल्लामा रहेका सेयर सदस्यहरुलाई उनीहरुको घरदैलोमा गई सानो सानो कर्जा, बचत, विमा तथा रेमिटान्स र वित्तिय साक्षरता सम्बन्धि कार्य गरी सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सफल भएको छ  । 
         कर्णाली प्रदेश अन्तरगत सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा २०७७ असार मसान्तसम्ममा ११०५८ पुरुष र ४१,२७५ महिला गरी कुल ५२,३३३ जना सेयर सदस्यहरुको आवद्धता रहेको छ । संस्थामा कुल सदस्य संख्याको ८१ प्रतिशत महिला सदस्यहरुको सहभागिता रहेको छ । २०७७ असार मसान्तसम्ममा संस्थाको वासलातमा सम्पत्ति तथा जायजेथा रु. १ अर्व ९८ करोड ७८ लाख ५ हजार ५६ रुपैया रहेको छ । यस सहकारी संस्थामा आवद्ध सेयर सदस्यहरुको  १८ करोड ५६ लाख रुपैया सेयर पुजी रहेको छ भने ८३ करोड ३५ लाख  बचत बाकि रहेको छ । संस्थाले सेयर सदस्यहरुलाई विभिन्न प्रयोजनमा लगानी गरेको ऋण बाकि १ अर्व ६० करोड रुपैया रहेको छ । संस्थाले कर्णाली प्रदेश अन्तरगत रहेको अति दुर्गम स्थानहरुमा सेवा विस्तार गर्दै मध्ययम देखि अति विपन्न परीवारका सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । 
समाजमा छरीएर रहेको सानो सानो पुजीलाई बचत स्वरुप संकलन गरी उक्त पुजीलाई आयआर्जनको क्षेत्रमा परीचालन गर्दै यस क्षेत्रको आर्थिक संबृद्धिको लागि ठुलो सहयोग पुर्याएको छ । यस सहकारी संस्था स्थापना गरेको बौद्ध ग्रामीण दुग्ध डेरी उद्योग ले आ.ब. २०७६।७७ मा मात्र किसानहरुबाट  ८६ लाख ३९ हजारको दुध खरीद गरी  त्यसको बजारीकरण गर्न सफल भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्धताको लागि बौद्ध ग्रामीण प्रशोद्यित खानेपानी उद्योग स्थापना गर्न सफल भएको छ । सदस्यहरुको सिप एवं क्षमता अभिबृद्धिका लागि विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको यस सहकारी संस्थाले हाल कृर्षि क्षेत्रमा आवद्ध किसान सदस्यहरुको सिप एवं क्षमता अभिबृद्धि गर्नको लागि वी.न.न.पा ९ लाटिकोईलीमा करीब १० विगाह जमिन भाडामा लिई बिजी एग्रकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना गरेको छ । जहा सेयर सदस्य किसानहरुलाई नया नया कृर्षि प्रविधि, कम लागतमा गुणस्तिरीय कृर्षि वस्तु उत्पादन गर्ने विधिका बारेमा प्रत्यक्षरुपले तालिम दिने र गाउमा रहेका बाझो जमिनमा उन्नत प्रविधिको प्रयोग गराई कृर्षिजन्य वस्तुको उत्पादन बृद्धि गर्ने रहेको छ । यसरी उत्पादित बस्तुहरुको भण्डारण गर्नको लागि शित भण्डार र बजारीकरणका लागि मण्डीको समेत व्यवस्था गर्ने उक्त फर्मको योजना रहेको छ ।  

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।