Apr 28, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली

आदरणीय सेयर सदस्य महानुभावहरु, यस संस्थासंग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सरोकार राख्नुहुने सम्पुर्ण महानुभावहरुमा मेरो तर्फबाट सहकारी अभिवादन एवं नमस्कार,
२०५६ सालमा स्थापना भएर कर्णाली प्रदेशको ४ जिल्लामा आफ्नो कार्यक्षेत्र कायम गरी संचालित बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था मध्ययम देखि अति विपन्न वर्गका परीवारहरुको सेवामा समर्पित रहेको छ । आफ्ना सेयर सदस्यहरुको वित्तिय साक्षरताको अभिबृद्धिका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि कटिबद्ध यस सहकारी संस्थाले बचत तथा ऋण कारोबारको अलावा ग्रामीण स्तरमा रहेका किसानहरुको दुग्ध उत्पादनको बजारीकरणका लागि डेरी उद्योग, गुणस्तिरीय पिउने पानिको लागि पानि उद्योग तथा कृर्षि क्षेत्रको विकासका लागि बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना गर्न सफल भएको छ । समाजको लागि केहि गर्नुपर्छ भन्ने सोच भएका संचालक समिति, ईमान्दार एवं मेहनती कर्मचारीहरुको अथक प्रयास र मेहनतका कारण आज यस सहकारी संस्थाले एक अलग पहिचान बनाउन सफल भएको छ । 
"एक का लागि सबै, सबैका लागि एक" भन्ने सहकारीको नारालाई आज हामी सबै मिलेर सार्थक बनाउदै गईरहेका छौ । सानो पुजीमा २५ जनाबाट शुरु भएको यस सहकारी संस्थाको अभियान आज ५४ हजार घरपरीवारको साझा अभियानको रुपमा अघि बढीरहेको छ । यहाहरुले गरेको सहयोग एवं विश्वासलाई अझ मजबुत बनाउदै अब हामि शिक्षा, स्वास्थ्य, उत्पादन, बजारीकरण गर्दै गाउघरमा बाझा रहेका हाम्रा जमिनहरुमा कृर्षि खेतिको विकास गर्ने, पशुपंछि पालनमा विकास गरी दुग्ध पदार्थ, मासुजन्य पदार्थ आदिमा आत्मनिर्भर हुदै जाने, प्राकृतिक सम्पदाको संरक्षण गर्दै स्थानिय स्तरमा पर्यटनको विकास गर्ने जस्ता कार्यहरुमा अघि बढने छौ । धन्यवाद ।।

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।