Apr 28, 2024
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली


आदरणीय सेयरसदस्य महानुुभावहरु यहाहरु सबैमा सहकारी अभिवादन एवं नमस्कार, 

मिति : २०५६ मंसिर ४ गतेका दिन यस संस्थाका स्व. अध्यक्ष श्री पंच सिं रोकाया ज्यूको पहलमा तत्कालिन लाटिकोईली गा.वि.स. वडा नं. ८ मा स्थापना भएको यस सहकारी संस्थाले आज २१ बर्षमा प्रवेश गरेको छ । मिति : २०७७ श्रावण २६ गतेका दिन हाम्रा प्रिय मित्र एवं यस संस्थाका संस्थापक अध्यक्ष श्री पंच सिं रोकायलाई हामीले गुमाउन पुगेका छौ, सदैव संस्थाको उन्नतीका लागि उर्जाशिल हुदै संस्था एवं सदस्यहरुको हितका लागि उहाले दिएको योगदान यस संस्थाको ईतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ । हामी स्वर्गीय मित्र पंच सिं रोकाया प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौं । 
    आज विश्व समुदाय कोभिड १९ संग लडिरहेको छ । विश्व अर्थतन्त्रमा ज्यादै ठुलो उतार चढाव आएको छ । सानातिना श्रम गरी खाने मान्छेलाई यो महामारीको सामना गर्न निकैनै गाह्रो भएको र सानो तिनो रोजगार गरी घर व्यवहार गर्ने मानिसहरुलाई समेत जतासुकै मन्दि छाउदा आर्थिकरुपमा निकैनै चुनौतीहरुको सामना गर्नुपरेकोे देखिन्छ । रोजगारको लागि छिमेकी मुलुकहरुमा गई कामगर्ने र घर व्यवहार गर्ने मानिसहरु महिनौ दिन लगाएर सयौ किलोमिटर पैदल हिडदै अनेकौ बाधा व्यवधान पार गर्दै घर पुगेको दृश्य ज्यादै नै भावुक एवं मर्मस्पर्शी थियो । मानिसको लागी पहिलो आधारभुत आवश्यकता गास, बास र कपास हो, यिनै आवश्यकताको परीपुर्तिका लागि मानिस आफु बसोबास गर्ने ठाउ छाडि अन्य ठाउमा गई काम गर्न बाध्य भएको छ । तर एकाएक आएको महामारीमा पराई ठाउमा उसलाई धेरै नै गाह्रो हुने रहेछ, आफ्नो घर परीवारसंगै बसेर केहि गर्नुपर्ने रहेछ भन्ने कुरा आज सिकाईको बिषय भएको छ । आफ्नो गाउ ठाउमा आफुले सिकेका सिपलाई प्रयोग गर्दै वा नँया नँया सिप सिकी लघुव्यावसाय तथा कृर्षि कर्म गर्न सकिन्छ । कृर्षि क्षेत्रमा आएको आमुल परिवर्तन संगै आधुनिक कृषिक्रान्ति तर्फ उन्मुख भई हामी आफु अनि आफ्नो गाँउ समाजलाई स्वावलम्वी र स्वनिर्भर बनाउन सक्छौं । गाउघरमा बाझा रहेका जमीनमा आधुनिक कृर्षि प्रणालीको विकास गरी उच्च मुल्यका कृर्षिजन्य वस्तुहरुको उत्पादन, जडिबुटी उत्पादन, पर्यटन क्षेत्रको विकास गरी आर्थिक सम्पन्नता तर्फ अघि बढन सक्छौ । विदेशीयका यूवाहरुलाई आफनो गाउ फर्कि स्वरोजगार बनाउन सक्छौ । जसका लागि हामी सबैले एकजुट भई काम गर्न जरुरी छ, सदस्यहरुको कृर्षि क्षेत्रमा ज्ञान तथा क्षमता अभिबृद्धिकालागि हामीले यस बर्ष वी.न.न.पा ९, लाटिकोइलीमा बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना गर्न सफल भएका छौ । जहा सदस्यहरुलाई प्रत्यक्षरुपमा कृर्षि प्रविधिको बारेमा तालिम संचालन गरीनेछ, जसले तालिम पश्चात गाउ गाउमा उत्पादन बृद्धिको लागि आधुनिक कृर्षि फर्मको स्थापना विकास गदै सदस्यद्वारा उत्पादिन कृर्षिजन्य वस्तुहरुको बजारीकरनको समेत काम गर्नेछ भन्ने योजना हामीले बनाएको छौ । 
यो सहकारी संस्था तपाई हामी सबैको एक साझा सहकारी संस्था हो । यस संस्थाले २० बर्षमा प्राप्त गरेको उपलब्धि र अनुभवलाई प्रयोग गरी हामीले ठुला भन्दा ठुला कामलाई समेत सरल र सहज ढंगले संचालन गर्न सक्छौ । सहकारी मार्फत गर्न सकिने क्रान्ति मार्फत आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्दछौ । अब हामीले यस प्रदेशमा कलकारखाना तथा औद्योगिक प्रतिष्ठानहरुको विकास, गुणस्तरीय स्वास्थ्य सेवाको लागि अत्याधुनिक अस्पताल स्थापना, शैक्षिक बिकासका लागि गुणस्तरीय विद्यालय संचालन गर्ने जस्ता कार्यहरु गर्न नितान्त आवश्यक रहेको देखिन्छ । ठुला ठुला योजना संचालन गर्न ठुलो लगानीको पनि आवश्यकता पर्न जान्छ, यसै कुरालाई मध्यनजर गर्दै संस्थाको तर्फबाट सम्पुर्ण सेयर सदस्य ज्यूहरुलाई सेयर लगानी बृद्धि तथा बचत कारोबार बृद्धि गर्नुहुन हार्दिक अपिल गर्न चाहन्छु । यदि संस्थाले बनाएको योजनामा सम्पुर्ण सदस्यहरुको पुरा पुरा साथ मिलेमा यस सहकारी संस्थालाई कर्णाली प्रदेशमा मात्र नभै नेपाल कै एक नमुना सहकारी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्दछु । 
हालै सम्पन्न यस सहकारी संस्थाको २० औं साधारण सभा मार्फत मलाई अध्यक्षको रुपमा यहाहरुले दिएको जिम्मेवारीको लागि हार्दिक आभार व्यक्त गर्दै संस्थालाई अझै उचाईमा लग्नको लागि मेहनतका साथ कार्य गर्दे प्रतिबद्धता व्यक्त गर्दछु । धन्यवाद ।

जय सहकारी ।।
 

प्रतिलिपि अधिकार © 2024 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।