Mar 7, 2026
info@bgmcl.com +९७७-०८३-५२५४२५
Go to webmail English | नेपाली


आदरणीय सेयरसदस्य महानुभावहरु यहाहरु सबैमा सहकारी अभिवादन एवं नमस्कार, 

मिति : २०५६ मंसिर ४ गतेका दिन यस संस्थाका स्व. अध्यक्ष श्री पंच सिं रोकाया ज्यूको पहलमा तत्कालिन लाटिकोईली गा.वि.स. वडा नं. ८ मा स्थापना भएको यस सहकारी संस्थाले आज २५ बर्षमा प्रवेश गरेको छ ।
मानिसको लागी पहिलो आधारभुत आवश्यकता गास, बास र कपास हो, यिनै आवश्यकताको परीपुर्तिका लागि मानिस आफु बसोबास गर्ने ठाउ छाडि अन्य ठाउमा गई काम गर्न बाध्य भएको छ । आफ्नो गाउँ ठाउँमा आफुले सिकेका सीपलाई प्रयोग गर्दै वा नयाँ नयाँ सीप सिकी लघु-व्यावसाय तथा कृषि कर्म गर्न सकिन्छ । कृषि क्षेत्रमा आएको आमुल परिवर्तनसँगै आधुनिक कृषि क्रान्ति तर्फ उन्मुख भई हामी आफु अनि आफ्नो गाँउ समाजलाई स्वावलम्वी र स्वनिर्भर बनाउन सक्छौं । गाउघरमा बाझा रहेका जमीनमा आधुनिक कृर्षि प्रणालीको विकास गरी उच्च मुल्यका कृर्षिजन्य वस्तुहरुको उत्पादन, जडिबुटी उत्पादन, पर्यटन क्षेत्रको विकास गरी आर्थिक सम्पन्नता तर्फ अघि बढन सक्छौ । विदेशीयका यूवाहरुलाई आफनो गाउ फर्कि स्वरोजगार बनाउन सक्छौ । जसका लागि हामी सबैले एकजुट भई काम गर्न जरुरी छ, सदस्यहरुको कृर्षि क्षेत्रमा ज्ञान तथा क्षमता अभिबृद्धिकालागि हामीले वी.न.न.पा ९, लाटिकोइलीमा बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना पनि गरेका छौँ । जहाँ सदस्यहरुलाई प्रत्यक्षरुपमा कृषि प्रविधिको बारेमा तालिम संचालन गरिन्छ, जसले तालिम पश्चात गाउँ गाउँमा उत्पादन बृद्धिको लागि आधुनिक कृषि फर्मको स्थापना विकास गर्दै सदस्यद्वारा उत्पादिन कृषिजन्य वस्तुहरुको बजारीकरणको समेत काम गर्नेछ भन्ने योजना हामीले बनाएको छौँ । 
यो सहकारी संस्था तपाई हामी सबैको एक साझा सहकारी संस्था हो । यस संस्थाले २५ बर्षमा प्राप्त गरेको उपलब्धि र अनुभवलाई प्रयोग गरी हामीले ठुला भन्दा ठुला कामलाई समेत सरल र सहज ढंगले संचालन गर्न सक्छौँ । सहकारी मार्फत गर्न सकिने क्रान्ति मार्फत आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्दछौँ । अब, हामीले यस प्रदेशमा कलकारखाना तथा औद्योगिक प्रतिष्ठानहरुको विकास, गुणस्तरीय स्वास्थ्य सेवाको लागि अत्याधुनिक अस्पताल स्थापना जस्ता कार्यहरु गर्न नितान्त आवश्यक रहेको देखिन्छ । ठुला-ठुला योजना संचालन गर्न ठुलो लगानीको पनि आवश्यकता पर्न जान्छ, यसै कुरालाई मध्यनजर गर्दै संस्थाको तर्फबाट सम्पुर्ण सेयर सदस्य ज्यूहरुलाई सेयर लगानी बृद्धि तथा बचत कारोबार बृद्धि गर्नुहुन हार्दिक अपिल गर्न चाहन्छु । यदि संस्थाले बनाएको योजनामा सम्पुर्ण सदस्यहरुको पुरा साथ मिलेमा यस सहकारी संस्थालाई कर्णाली प्रदेशमा मात्र नभै नेपालकै एक नमुना सहकारी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्दछु । 
हालै सम्पन्न यस सहकारी संस्थाको २५ औं साधारण सभा मार्फत मलाई अध्यक्षको रुपमा यहाँहरुले दिएको जिम्मेवारीको लागि हार्दिक आभार व्यक्त गर्दै संस्थालाई अझै उचाईमा लग्नको लागि मेहनतका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । धन्यवाद ।

जय सहकारी ।।
 

प्रतिलिपि अधिकार © 2026 बौद्ध ग्रामीण बहुउद्देशीय सहकारी लिमिटेड (बीजीएमसीएल) | सोनिटेक नेपाल प्रा। लिमिटेड द्वारा विकसित र मर्मत गरिएको ।